कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चार हारपछि लिभरपुलको पहिलो जित

एजेन्सी

लन्डन — लिभरपुलले इंग्लिस प्रिमियर लिगमा लगातार चार हारको खराब प्रदर्शनपछि आइतबार सेफिल्ड युनाइटेडमाथि २–० को जित निकालेको छ । यस जितपछि लिभरपुल युरोपेली च्याम्पियन्स लिग छनोटबाट दुई अंकको दूरीमा पनि रहन सफल भयो ।

चार हारपछि लिभरपुलको पहिलो जित

यो जितमा २० वर्षीय कर्टिस जोन्सले पहिलो गोल गरे भने दोस्रो गोल केन ब्रायन्सको नाममा आत्मघाती रह्यो । लिभरपुलले २६ खेलबाट ४३ अंक जोड्दै छैटौं स्थानमा रहेको छ ।

यसअघि म्यानचेस्टर युनाइटेडले चेल्सीसँग गोलरहित बराबरी खेलेको थियो । युनाइटेडले २६ खेलबाट ५० अंक बनाएको छ । दोस्रो स्थानको म्यानचेस्टर शीर्षको म्यानचेस्टर सिटीबाट १२ अंकले पछाडि छ ।

चेल्सी भने ४४ अंकसहित पाँचौं स्थानमा छ । आइतबारकै अर्को खेलमा टोटनहमले बर्नलीलाई सजिलै ४–० ले हरायो भने आर्सनल लेस्टर सिटीमाथि ३–१ ले विजयी रह्यो ।

प्रकाशित : फाल्गुन १७, २०७७ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?