कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ईपीएलको चौथो संस्करण असोजमा

कान्तिपुर संवाददाता

काठमाडौँ — एभरेस्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण असोजमा हुने भएको छ ।

ईपीएलको चौथो संस्करण असोजमा

नेपाली फ्रेन्चाइज क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता असोज सन् २०११ को सेप्टेबर २५ देखि अक्टोबर ९ सम्म हुने आयोजकले आइतबार जनाएको छ ।

प्रतियोगिताका कार्यकारी निर्देशक आमिर अख्तरले प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान) बाट स्वीकृति प्राप्त भएको पनि जनाएको छ ।

उनले भनेका छन्, ‘प्रतियोगिता आयोजनकाका लागि क्यानले हामीलाई अनुमति दिएको छ । अहिले सबैभन्दा पहिले प्रतियोगिताको मिति घोषणा गरेका छौं । अबको छ महिना हामीलाई पर्याप्त तयारीको समय मिल्नेछ ।’

यसअघि कोरोना भाइरस संक्रमणको महामारीका कारण चौथो संस्करण घोषित मितिमा हुन नसकेर स्थगित गरिएको थियो ।

प्रकाशित : फाल्गुन १६, २०७७ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?