कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भेरोनासँग युभेन्टस बराबरीमा रोकियो

एजेन्सी

मिलान — इटालीको सिरी ‘ए’ मा शनिबार युभेन्टस अंक तालिकाको मध्य भागमा रहेको भेरोनासँग १–१ को बराबरीमा रोकिएको छ । यो नतिजापछि लिग तालिकाको शीर्ष स्थानमा रहेको इन्टर मिलानभन्दा युभेन्टस सात अंकले पछाडि रह्यो ।

भेरोनासँग युभेन्टस बराबरीमा रोकियो

आन्द्रे पिर्लोको युभेन्टसले क्रिस्टियानो रोनाल्डोको गोलले अग्रता लिएको थियो । जारी सिजनमा रोनाल्डोको यो १९औं गोल हो । तर भेरोनाका लागि एन्टोनिन बाराकले बराबरी गोल फर्काए ।

युभेन्टसको २३ खेलबाट ४६ अंक भएको छ । शनिबारकै अन्य खेलमा बोलोग्नाले लाजियोलाई २–० ले हरायो भने स्पेजिया र पार्माले २–२ को बराबरी खेले ।


प्रकाशित : फाल्गुन १६, २०७७ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?