कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुपन्देही सुपर लिग : लुम्बिनी खुकुरीको जित

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको डिभिजन ‘ए’को खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले एमसीसी क्लबलाई २ विकेटले पराजित गरेको छ ।

रुपन्देही सुपर लिग : लुम्बिनी खुकुरीको जित

टस जितेर ब्याटिङमा आएको एमसीसीले निर्धारित ३९ ओभरको खेलमा ३८.३ ओभरमा सबै विकेट गुमाई १३५ रन बनायो । उसका लागि मोहिन खानले नटआउट ३०, विजय प्रजापतीले २२, मोहम्मद हुसेनले १४ र सुशान्त थापाले १२ रन बनाए । बलिङमा लुम्बिनीका अजय लोनियाले ३, लालबहादुर थापा र शंकर रानाले २/२ तथा दुर्गेश गुप्ता र साहब आलमले समान १/१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको लुम्बिनीले ३७ ओभरमा ८ विकेट गुमाई १३८ रन बनाउँदै जित निकाल्यो । उसका लागि सन्दीप रजालीले ४०, अन्तिम थापाले नटआउट ३३ तथा सेजाद आलम र शंकर रानाले १०/१० रन बनाए । बलिङमा एमसीसीका सन्तोष रानाले ३, रोशनलाल गुप्ताले २, मोहम्मद हुसेन, शिवकुमार मौर्य र रमेश कुर्मीले समान १/१ विकेट लिए । खेलमा अन्तिम थापा म्यान अफ द म्याच भए ।

शुक्रबार डिभिजन ‘ए’ का बुटवल राइनोज र बुटवल–११ बीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाए ।

प्रकाशित : फाल्गुन १३, २०७७ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?