कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

च्याम्पियन्स लिग :  सिटी र रियल विजयी

एजेन्सी

लन्डन — म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ पहिलो लेगमा बुधबार बोरुसिया मुन्छेनग्लाडबाखलाई २–० ले पराजित गरेको छ । अर्को खेलमा रियल म्याड्रिडले एटलान्टालाई १–० ले विजयी रह्यो ।

च्याम्पियन्स लिग :  सिटी र रियल विजयी

दुवै टिम घरबाहिर विजयी रहेका हुन् र यससँगै उनीहरूको अर्को चरण पुग्ने सम्भावना बलियो भएको छ । सिटीले प्राप्त गरेको बलियो अग्रतामा बर्नार्डो सिल्भा र ग्याब्रिएल जिससले एक-एक गोल गरे ।

क्लबको यो सबै खाले प्रतियोगितामा गरेर लगातार १९ औं जित हो । रियलले दस खेलाडीमा सीमित एटलान्टालाई हराउन फेरल्यान्ड मेन्डीले निर्णायक गोल गरे ।

बराबरीतर्फ अग्रसर देखिएको खेलमा मेन्डीले ८६ औं मिनेटमा उत्कृष्ट गोल गरे ।

प्रकाशित : फाल्गुन १३, २०७७ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?