कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साउथह्याम्पटनमाथि लिड्सको प्रभावशाली जित

एजेन्सी

लन्डन — प्याट्रिक बामफोर्डले गरेको सिजनको १३औं व्यक्तिगत गोलमा लिड्स युनाइटेडले मंगलबार इंग्लिस प्रिमियर लिगमा साउथह्याम्पटनलाई ३–० ले हराएको छ । लगातार दुई खेलमा हारपछि लिड्सले यो प्रभावशाली जित निकालेको हो ।

साउथह्याम्पटनमाथि लिड्सको प्रभावशाली जित

साउथह्याम्पटन पनि खराब लयमा छ । उसले पछिल्ला आठ खेल कुनैमा जित निकाल्न सकेको छैन । लिड्सको जितमा भने स्टुवार्ट डलास र राफिन्हाले गोल गरे । यो जितपछि लिड्स ३५ अंकसहित फेरि शीर्ष दसमा प्रवेश गर्न सफल भएको छ । साउथह्याम्पटन भने ३० अंकसाथ १४औं स्थानमा छ ।


प्रकाशित : फाल्गुन १२, २०७७ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?