कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोनाल्डोको दुई गोलमा युभेन्टस विजयी

एजेन्सी

मिलान — क्रिस्टियानो रोनाल्डोले हेडबाट गरेको दुई गोलमा युभेन्टसले सोमबार इटालीको सिरी ‘ए’ मा पुछारको क्रोटोनलाई ३–० ले हराएको छ । जितपछि युभेन्टसले शीर्ष स्थानको इन्टर मिलानसँगको दूरी आठ अंकमा कायम राख्यो ।

रोनाल्डोको दुई गोलमा युभेन्टस विजयी

यस्तै टिम अंकतालिकाको तेस्रो स्थानमा पनि उक्लिन सफल भएको छ । युभेन्टसका लागि तेस्रो गोल वेस्टन म्याककेनीले गरे । रोनाल्डो यो सिजन लिगमा सर्वाधिक गोल गर्ने खेलाडी सूचीको शीर्षमा पनि पुगेका छन् ।

उनले १८ गोल गरेका छन् । यससँगै उनले इन्टरका रोमेलु लुकाकुलाई उछिनेका छन् । इन्टर ५३ अंकसहित शीर्ष स्थानमा छ । युभेन्टसको ४५ अंक भएको छ । क्रोटोन १२ अंकसाथ अन्तिम स्थानमा छ ।


प्रकाशित : फाल्गुन ११, २०७७ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?