बार्सिलोनाका लागि मेसीको कीर्तिमान खेल- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बार्सिलोनाका लागि मेसीको कीर्तिमान खेल

(एजेन्सी)

म्याड्रिड — लियोनल मेसीले बार्सिलोनाका लागि आइतबार कीर्तिमान ५ सय छैटौं खेल खेलेका छन् । यससँगै उनी बार्सिलोनाका लागि लिगमा सर्वाधिक खेल खेल्ने कीर्तिमानी खेलाडी पनि भएका छन् ।

यसक्रममा उनले बार्सिलोनाका लागि ज्याभी हर्नान्डेजको नाममा रहेको ५ सय ५ खेलको कीर्तिमानलाई उछिनेका छन् । तर बार्सिलाना भने खेलमा १–१ को बराबरीमा रोकियो ।

एलेक्स फर्नान्डजले ८९ औं मिनेटमा काडिजका लागि बराबरी गोल गरे । यसअघि मेसीले ३२ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

बराबरीको नतिजापछि काडिज लिगमा लगातार चौथो हार रोक्न सफल रह्यो । तर पनि टिम रेलिगेसन क्षेत्रबाट खालि चार अंकमात्र अगाडि छ । बार्सिलोना भने ४७ अंकमा तेस्रो स्थानमा छ र यो शीर्ष स्थानको एटलेटिको म्याड्रिडसँग आठ अंकको दूरी हो ।

प्रकाशित : फाल्गुन ९, २०७७ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्

मनमा मधेस राखेर काम गर्छु : प्रदेश २ प्रमुख झा

कान्तिपुर संवाददाता

धनुषा — प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले शीरमा देश र मनमा मधेस राखेर काम गर्ने बताएका छन् । प्रदेश प्रमुखको कार्यभार सम्हाल्दै आइतबार झाले जनता र संविधानलाई आधार बनाएर प्रदेशका लागि काम गर्ने बताए । ‘सबैसँग मिलेर समन्वय गर्ने छु,’ उनले भने, ‘प्रदेशको पहिचानको सम्मान गर्छु ।’

जात, जन्म, स्थान वा घनत्वको आधारमा दम्भ वा भय भइरहदा समाज असुरक्षित हुन सक्ने बताउदै झाले सबैलाई अपनत्वसहितको प्रदेश निर्माणमा आफ्नो भूमिका रहने बताए । कार्यभार सम्हाल्न आएका प्रमुख झालाई जनकपुर विमानस्थलमा प्रदेश सरकारकातर्फबाट आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंहले स्वागत गरेका थिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले प्रदेश प्रमुखमा झाको नियुक्तिले सरकार सशंकित भएको बताए । विगतमा संघीयता विरोधी अभिव्यक्ति दिएर झा विवादित भएकाले उनको अबको भूमिकाप्रति आश्वस्त हुन गाह्रो परेको उनको भनाइ छ । प्रदेश प्रमुखलाई काम अनुसार व्यवहार गरिने भए पनि झाको नियुक्तिमा सरकार सन्तुष्ट नरहेको उनले बताए ।

प्रमुख झालाई जनकपुर विमानस्थलमा स्वागत गर्न नेकपा ओली समूहका कार्यकर्ता भेला भएका थिए । उनीहरुले झाको पक्षमा नाराबाजी गर्दै मोटरसाइकल र्‍याली निकालेका थिए । जनकपुर विमानस्थलमा प्रमुख झालाई पण्डित दुर्गाप्रसाद घिमिरेले माटोको टीका लगाएर स्वागत गरेका थिए ।

प्रकाशित : फाल्गुन ९, २०७७ २०:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×