कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बद्रीलाल च्याम्पियन

कान्तिपुर संवाददाता

काठमाडौँ — बद्रीलाल नेपालीले शनिबार भक्तबहादुर तामाङ स्मृति र्‍यापिड चेस प्रतियोगिताको उपाधि जितेका छन् । बद्रीलालले साढे ७ अंकसहित उपाधि जिते । 

बद्रीलाल च्याम्पियन

समान अंक जोडेका मनीष हमाल र सुजेन्द्र श्रेष्ठ संयुक्त दोस्रो भए । ७ अंक भएका गणेशमान दुवाल चौथो र सुश्रुत दाहाल तेस्रो भए । साढे ६ अंक बटुलेका पूर्णराज खड्का, क्षितिज भण्डारी, राकेश रौनियार, मदन रायमाझी र रूपेश जैसवाल छैटौंदेखि दसौं स्थानमा रहे ।

समाजसेवी भक्तबहादुर तामाङको स्मृतिमा उनका छोरा चेस खेलाडी श्याम लामाको प्रायोजन तथा थापाथली चेस पार्क क्लबको आयोजनामा प्रतियोगिता भएको हो । १ सय १३ खेलाडीले भाग लिएका थिए । विजेताले १५ हजार, उपविजेताले ७ हजार र तेस्रो हुने खेलाडीले ५ हजार रुपैयाँ पुरस्कार पाए ।

प्रकाशित : फाल्गुन ९, २०७७ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?