कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उल्भ्सको भाग्यमानी जित

एजेन्सी

लन्डन — उल्भ्सले इंग्लिस प्रिमियर लिगमा शुक्रबार लिड्स युनाइटेडमाथि १–० को भाग्यमानी जित निकालेको छ । इलान मेसलरको आत्मघाती गोलमा उल्भ्स ६४ औं मिनेटमा अगाडि रहेको थियो ।

उल्भ्सको भाग्यमानी जित

खेलको अन्त्यतिर प्याट्रिक बामफोर्डले लिड्सका लागि गरेको गोललाई मान्यता दिइएको थिएन् । यो जितपछि उल्भ्सको ३३ अंक भएको छ र ११ औं स्थानमा रहेको छ।

लिगमा खराब प्रदर्शनबाट गुज्रेको उल्भ्स अहिले लयमा फर्कने प्रयासमा छ र यसैक्रममा यो जित निकाल्न सफल रहेको हो । लिड्स भने ३२ अंकमा सीमित रहेर १२ औं स्थानमा झर्‍यो ।

बेटिस र फियोरेन्टिना विजयी

युरोपका अन्य लिगमध्ये शुक्रबारका खेलमा स्पेनी ला लिगामा रियल बेटिसले गेटाफेलाई १–० ले हरायो भने इटालीको सिरी ए मा फियोरेन्टिनाले स्पेजियालाई ३–० ले पन्छायो ।

प्रकाशित : फाल्गुन ८, २०७७ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?