कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिलान र युभेन्टस दुवै पराजित

एजेन्सी

मिलान — इटालीको सिरी ‘ए’ मा शनिबार एसी मिलान र युभेन्टस दुवै पराजित भएका छन् । शीर्ष स्थानमा रहेको मिलानलाई स्पेजियाले २–० ले पराजित गरेको हो ।

मिलान र युभेन्टस दुवै पराजित

सन् २०१० सम्म चौथो डिभिजनमा खेलिरहेको स्पेजिया यसै सिजन सिरी ‘ए’ मा उक्लेको हो । यसका लागि गुजियो मागोरे र सिमोन बास्टोनीले गोल गरे ।

यसपल्ट मिलान लिगमा पराजित भएको यो तेस्रो खेल मात्र हो । अब छिमेकी इन्टर मिलानसँग शीर्ष स्थान कब्जा गर्ने अवसर हुनेछ । मिलानको ४९ अंक छ भने इन्टर एक खेल कम खेलेर ४७ अंकमा छ ।

युभेन्टस भने नेपोलीबाट १–० ले पराजित रह्यो । डिफेन्डिङ च्याम्पियन युभेन्टस ४२ अंकसाथ तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित : फाल्गुन २, २०७७ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?