कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

रुपन्देही सुपर लिग : सैनामैना विजयी

सन्जु पौडेल

तिलोत्तमा — भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा शुक्रबार भएको डिभिजन बी अन्तर्गतको खेलमा सैनामैना क्रिकेट क्लबले स्टार क्रिकेट क्लबलाई २ विकेटले पराजित गरेको छ ।

रुपन्देही सुपर लिग : सैनामैना विजयी

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको स्टारले निर्धारित ५० ओभरको खेलमा ४९.४ ओभरमा सबै विकेट गुमाई १ सय ९२ रनको योगफल तयार गर्‍यो । उसका लागि निश्चल ज्ञवालीले ४२, विवश खातीले ३४, करण घर्ती मगर र महेश पटेलले समान १७/१७ रन बनाए । बलिङमा सैनामैनाका सुनिल पौडेलले ४, वसन्त खड्काले ३ तथा प्रदीप भण्डारी र उदय पन्तले समान १/१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको सैनामैनाले ४४ ओभरमा ८ विकेट गुमाई १ सय ९३ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो । उसका लागि प्रदीप सुवेदीले ४८, वसन्त खड्काले ४३ र सुवास चौधरीले ११ रन बनाए । बलिङमा स्टारका महेश पटेल र रोहन अर्यालले ३/३ विकेट लिए । खेलमा सैनामैनाका वसन्त खड्का म्यान अफ द म्याच घोषित भए ।

लिगमा शनिबार बुटवल राइनोज र ज्ञानोदय क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव सञ्जय गुरुङले बताए । प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ ।

प्रकाशित : माघ ३०, २०७७ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×