कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

रुपन्देही सुपर लिग : गोलपार्क क्रिकेट क्लब विजयी

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बिहीबार भएको डिभिजन बी अन्तर्गतको खेलमा गोलपार्क क्रिकेट क्लब विजयी भएको छ ।

रुपन्देही सुपर लिग : गोलपार्क क्रिकेट क्लब विजयी

गोलपार्कले बुटवल युथलाई ६६ रनले पारजित गरेको हो । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको गोलपार्कले ३९ ओभर चार बलमा सबै विकेट गुमाउँदै २ सय ७ रन जोडेको थियो । उसका लागि रिक्की पुनले ४५, विनोद रनपालले ३३, जीवन पुनले ३१ र हेमन्त ओलीले २८ रन जोडे । बलिङमा बुटवल युथका विनित पौडेलले ४, सन्तोष परियार र सुजन गौतमले समान दुई/दुई विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बुटवल युथले मात्र एक सय ४१ रन बनायो । ३३ ओभर ३ बलमा सबै विकेट गुमाउँदै युथले ६६ रनको हार बेहोर्‌यो । उसका लागि सुजन गौतमले सर्वाधिक ३१ रन, सुमन थापा क्षेत्रीले २७ र विनित पौडेलले २० रन बनाए । बाँकी खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बुटवल युथलाई रोक्न १० ओभर बलिङ गरेका जीवन पुनले २ मेर्डन राख्दै १५ रन खर्चेर पीच विकेट लिए । यस्तै, रिक्की पुनले २, रिजन पछाई, आर्गिन सुवेदी र विनोद रनपालले समान १/१ विकेट लिए । खेलमा दिवान पुन म्यान अफ द म्याच भई पुरस्कृत भए ।

शुक्रबार सैनामैना क्रिकेट क्लब र स्टार क्रिकेट क्लवबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए ।

प्रकाशित : माघ २९, २०७७ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×