जितका लागि विशाल लक्ष्य पछ्याउँदै भारत 

एजेन्सी

चेन्नई — भारतले इंग्ल्यान्डविरुद्धको पहिलो टेस्ट जित्न चौथो दिन सोमबार ४ सय २० विशाल लक्ष्य पाएको छ । त्यसलाई पछ्याउने क्रममा एक विकेट गुमाएर ३९ रन बनाएको छ ।

जितका लागि विशाल लक्ष्य पछ्याउँदै भारत 

भारतलाई अझै ३ सय ८१ रन बनाउन आवश्यक छ । भारतको ९ विकेट बाँकी रहेको छ । चेतेश्वर पुजारा १२ र शुभमन गिल १५ रन बनाएर खेलिरहेका छन् । रोहित शर्मा १२ रन बनाएर ज्याक लेचको बलमा बोल्ड भए ।

यसअघि इंग्ल्यान्ड आफ्नो दोस्रो इनिङ्स १ सय ७८ रन बनाएर अलआउट भएको थियो । त्यसमा रविचन्द्रन आविश्वनले ६१ रन खर्चेर छ विकेट लिए । यस्तै इशान्त शर्माले एक विकेट हात पारे र यो उनको ३००औं टेस्ट विकेट रह्यो ।

प्रकाशित : माघ २६, २०७७ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?