कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

दक्षिण अफ्रिकामाथि पाकिस्तानको क्लिन स्विप

रावलपिन्डी — पाकिस्तानले दक्षिण अफ्रिकालाई दोस्रो टेस्टमा ९५ रनले पराजित रहेर सोमबार दुई टेस्टको शृंखला २–० ले जितेको छ । पहिलो टेस्ट ७ विकेटले जितेको पाकिस्तानले यससँगै क्लिन स्विप पनि गरेको छ ।

दक्षिण अफ्रिकामाथि पाकिस्तानको क्लिन स्विप

जितका लागि ३ सय ७० रन पछ्याएको दक्षिण अफ्रिका पाँचौँ तथा अन्तिम दिन २ सय ७४ रन बनाएर अलआउट भएको थियो । हसन अलीले पाँच विकेटको लिएपछि दक्षिण अफ्रिका हार बेहोर्न बाध्य भयो ।

एडेन मारक्रम र टेम्बा बभुमाले चौथो विकेटका लागि शतकीय साझेदारी गरेर जितको लक्षण देखाएको थियो । तर अलीले मारक्रमसँगै कप्तान क्विन्टेन डि ककलाई लगातार बलमा आउट पारेपछि पाकिस्तानको जितको आधार तयार भएको थियो ।

प्रकाशित : माघ २६, २०७७ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?