कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला फुटबल लिगमा एपीएफको लगातार पाँचौं जित

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन एपीएफले महिला राष्ट्रिय लिग फुटबलमा शनिबार लगातार पाँचौ जित आत्मसात गरेको छ ।  उसले सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङलाई ३–० ले हरायो ।

महिला फुटबल लिगमा एपीएफको लगातार पाँचौं जित

एपीएफको यो जितमा सावित्रा भण्डारीले दुई गोल गरिन भने प्रिति राईको नाममा एक गोल रह्यो । यो जितपछि एपीएफ पाँच खेलबाट १५ अंक भएको छ र शीर्ष स्थानमा छ ।

वालिङको पाँच खेलबाट पाँच अंक भयो । शनिबारको अर्को खेलमा विराटनगरले चौदण्डीगढीलाई ६–० ले हरायो । उसको यो दोस्रो जित मात्र हो । यसमा अनु राईले दुई गोल गरिन् ।

यस्तै, ईमा राई, मनीषा थापामगर, कुशुम खतिवडा र पार्वती घलेले एक एक गोल गरे । विराटनगरको चार खेलबाट सात अंक भएको छ । चौदण्डीगढी भने लगातार चौथो हारपछि विना कुनै अंक पुछारमा रहेको छ ।

प्रकाशित : माघ १७, २०७७ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?