कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

मिनी म्याराथनमा सुब्बा र किस्कु प्रथम

अर्जुन राजवंशी

बिर्तामोड — सहिद दिवसका अवसरमा शुक्रबार बिर्तामोड नगरपालिकाले मिनी म्याराथन प्रतियोगिता गराएको छ । नगरस्तरीय म्याराथन प्रतियोगिताको पुरुषतर्फ रबिन सुब्बा र महिलातर्फ सुनिता किस्कु प्रथम भएका छन् ।

मिनी म्याराथनमा सुब्बा र किस्कु प्रथम

नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ ७ किलोमिटर दौड गराइएको थियो । उक्त दूरी सुब्बाले २६ मिनेट ०७ सेकेण्डमा पूरा गरेका थिए । अनिश बस्नेत २७ मिनेट २४ सेकेण्डमा दूरी पार गर्दै द्वितीय भए । विधान राई तृतीय भए । उनले २७ मिनेट ४५ सेकेण्डमा दूरी पार गरेका थिए । २८ मिनेटमा दूरी पार गर्दै दावा तामाङ चौथो तथा २८ मिनेट २२ सेकेण्डमा दूरी पार गरेका मनिष श्रेष्ठ पाँचौं भए । दौडमा पुरुषतर्फ ५५ जना प्रतियोगी सहभागी थिए ।

महिलातर्फ ५ किलोमिटर दौडमा १६ जना सहभागी थिए । उनीहरुमध्ये किस्कुले २३ मिनेट ३० सेकेण्डमा दूरी पार गर्दै प्रथम स्थान हासिल गरेकी हुन् । किस्कुभन्दा ५ सेकेण्ड पछि रहेकी इश्वरी लिम्बू द्वितीय भइन् । भावना राईले २५ मिनेट ३० सेकेण्डमा दूरी पार गर्दै तृतीय स्थान हासिल गरिन् । २६ मिनेट ३१ सेकेण्डमा दूरी पार गर्दै माया तामाङ चौथो तथा २७ मिनेट ३५ सेकेण्डमा दूरी पार गरेकी आइसा राई पाँचौं भइन् ।

झापाको बिर्तामोड नगरपालिकाले शुक्रबार आयोजना गरेको मिनी म्याराथनमा महिलातर्फ प्रथम भएकी सुनिता किस्कु । तस्बिर : अर्जुन/कान्तिपुर

पुरुष र महिला दुवैतर्फका प्रथम हुनेले जनही नगद ९ हजार, द्वितीयले ७ हजार, तृतीयले ५ हजार, चौथोले ३ हजार र पाँचौं हुनेले नगद एक हजारका दरले पुरस्कार प्राप्त गरे । विजेता र सहभागीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद एकराज कार्कीले नगद र प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा बिर्तामोड नगरपालिकाका १० वटै वडाबाट सहभागी थिए ।

प्रकाशित : माघ १६, २०७७ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×