कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टुचेल चेल्सीको प्रशिक्षक नियुक्त

एएफपी

लन्डन — इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले थोमस टुचेललाई मंगलबार १८ महिनाका लागि व्यवस्थापक(प्रशिक्षक) पदमा नियुक्त गरेको छ । टुचेलसामु खराब लयमा रहेको चेल्सीलाई सम्हाल्ने चुनौती हुनेछ ।

टुचेल चेल्सीको प्रशिक्षक नियुक्त

जर्मनीका ४७ वर्षीय फुटबल प्रशिक्षकले अब दुई दिन अगाडि बर्खास्त परेका फ्रायन्क लाम्पार्डको स्थान लिनेछन् । सन् २००३ मा क्लबको स्वामित्व किनेयता रोमन इब्राहिमोभिचले नियुक्त गरेको टुचेल १३औं व्यवस्थापक भएका छन् ।

उनले भनेका छन्, ‘चेल्सीले ममाथि देखाएको विश्वासका लागि धन्यवाद दिन चाहन्छु । म क्लबको गौरवलाई अगाडि बढाउन चाहन्छु ।’ उनको नेतृत्वमा चेल्सीले बुधबार लिगमा उल्भ्सविरुद्ध खेल्नेछ ।

चेल्सी इंग्लिस प्रिमियर लिगको तालिकामा २९ अंकसहित १०औँ स्थानमा रहेको छ । आफूले खेलेका १९ खेलमध्ये चेल्सीले ८ मा जित, ५ मा बराबरी र ६ मा हार बेहोरेको छ ।

प्रकाशित : माघ १४, २०७७ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?