कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दक्षिण अफ्रिकासामु पाकिस्तान दबाबमा

एजेन्सी

कराँची — पाकिस्तान दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टको पहिलो दिन मंगलबार दबाबमा आएको छ । पहिलो दिनको खेलको समाप्तीमा पाकिस्तानले ३३ रनमात्र बनाउँदा चार विकेट गुमाइसकेको छ ।

दक्षिण अफ्रिकासामु पाकिस्तान दबाबमा

घरेलु टिमका लागि अजर अलि र फवाद आलम समान पाँच रन बनाएर खेलिरहेका छन् । दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै २ सय २० रन बनाएको थियो । पाकिस्तान अझै १ सय ८७ रनले पछाडि छ ।

दक्षिण अफ्रिकाका लागि प्रारम्भिक ब्याट्सम्यान डिन एल्गरले सर्वाधिक ५५ रन बनाए । पाकिस्तानी बलरमध्ये यासिर शाह सर्वाधिक सफल रहे र उनले ५४ रनमा तीन विकेट लिएका छन् ।

प्रकाशित : माघ १३, २०७७ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?