कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीकप विजेताले १० लाख रुपैयाँ पाउने

काठमाडौँ — प्रधानमन्त्रीकप वान डे पुरुष राष्ट्रिय क्रिकेटका विजेताले १० लाख रुपैयाँ पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

प्रधानमन्त्रीकप विजेताले १० लाख रुपैयाँ पाउने

यस्तै उप विजेताले पाँच लाख रुपैयाँ पाउने छन् । सेमिफाइनल पुग्ने दुई टिमले भने ५०/५० हजार रुपैयाँमा चित्त बुझाउने छ । यस्तै व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट ब्याट्सम्यान र बलरले २५/२५ हजार रुपैयाँ पाउने छन् ।

नेपालले कतार स्पोर्ट्स डेका अवसरमा हुने दुई देसीय ट्वान्टी ट्वान्टी खेलमा पनि सहभागिता जनाउने भएको छ । कतार क्रिकेट संघले नेपाललाई त्यसको निम्तो पठाएको हो । त्यसका लागि नेपाली टिमको प्रशिक्षण फेब्रअरी १ बाट सुरु हुनेछ ।

प्रकाशित : माघ १३, २०७७ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?