कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीलंकामाथि इंग्ल्यान्डको ह्वाइटवास

गाले — इंग्ल्यान्डले श्रीलंकाविरुद्धको दोस्रो तथा अन्तिम टेस्ट सोमबार चौथो दिनमै जितेको छ र यससँगै दुई टेस्ट शृंखला २–० ले जितेर ह्वाइटवास पनि गरेको छ ।

श्रीलंकामाथि इंग्ल्यान्डको ह्वाइटवास

इंग्ल्यान्डले जितका लागि आफ्नो दोस्रो इनिङ्समा १ सय ६४ रनको लक्ष्य पाएकोमा त्यसलाई चार विकेट गुमाएर पूरा गर्‍यो र छ विकेटको जित दर्ता गर्‍यो । इंग्ल्यान्ड लक्ष्य पछ्याउने क्रममा एक समय चार विकेट गुमाएर ८९ रनको स्थितिमा थियो र यससँगै दबाबमा आएको थियो ।

उसका लागि डम सिबलीले ५६ रन बनाएर नटआउट रहे । उनले जस बटलरसँग मिलेर निर्णायक ७५ रनको साझेदारी गरे । बटलर ४६ रन बनाएर नटआउट रहे ।

यसअघि श्रीलंका आफ्नो दोस्रो इनिङ्समा १ सय २६ रन मात्र बनाएर अलआउट भएको थियो ।

प्रकाशित : माघ १२, २०७७ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?