१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

एट्लेटिको र बार्सिलोनाको जित

एजेन्सी

म्याड्रिड — एट्लेटिको म्याड्रिडले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर आइतबार स्पेनी ला लिगामा भ्यालेन्सियालाई ३–१ हराएको छ । शीर्ष स्थानमा सात अंकको ठोस अग्रता कायम राख्यो ।

एट्लेटिको र बार्सिलोनाको जित

भ्यालेन्सियाले उरोज राचिचको गोलले अग्रता लिएयता एट्लेटिकोका तर्फबाट जोओ फेलिक्स, लुइस स्वारेज र एन्जेले कोरेराले गोल गरे ।

यो जितपछि एट्लेटिकोको १८ खेलबाट ४७ अंक भएको छ । अंक–तालिकामा बार्सिलोना तेस्रो स्थानमा उक्लेको छ । यसका लागि उसले इल्चेलाई २–० ले हरायो । फ्रेन्क डे जङ र रिकार्ड पिगले गोल गरे । बार्सिलोनाको १९ खेलबाट ३७ अंक भएको छ ।

प्रकाशित : माघ १२, २०७७ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?