कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्यानचेस्टरले लिभरपुललाई ३-२ ले हरायो 

एजेन्सी

लन्डन — ब्रुनो फर्नान्डेजले ७८ औं मिनेटमा फ्रिकिकबाट गरेको उत्कृष्ट गोलमा म्यानचेस्टर युनाइटेडले आइतबार एफएकपमा लिभरपुललाई ३–२ ले हराएको छ ।

म्यानचेस्टरले लिभरपुललाई ३-२ ले हरायो 

ओल्ड ट्रायफोर्डमा भएको खेलमा लिरभपुलले मोहम्मद सलाहको गोलले अग्रता लिएको थियो ।

त्यसयता मेसन ग्रिनउडले बराबरी गोल गरे भने मार्कस रसफोर्डले दोस्रो गोल थपे । लिभरपुलको बराबरी गोल पनि सलाहकै नाममा रह्यो । त्यस स्थितिमा फर्नान्डेजले निर्णायक गोल गरे र म्यानचेस्टर पाँचौ चरण पुग्न सफल रह्यो ।

तस्बिर : रोयटर्स

चौथो चरणका अन्य खेलमा चेल्सीले लुटनलाई ३–१, लेस्टर सिटीले ब्रेन्टफोर्डलाई ३–१, बर्नलीले फुलहमलाई ३–० र एभरटनले सेफिल्ड युनाइटेडलाई ३–० ले हरायो ।

प्रकाशित : माघ १२, २०७७ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?