कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इंग्ल्यान्डमाथि श्रीलंका हाबी

एजेन्सी

गाले — श्रीलंका र इंग्ल्यान्डबीचको दोस्रो टेस्टको दोस्रो दिन शुक्रबारको खेल समाप्त हुँदा घरेलु टिम बलियो स्थितिमा रह्यो । तर पाहुना टिमले पनि बलियो जवाफ फर्काउन प्रयास गरेको छ ।

इंग्ल्यान्डमाथि श्रीलंका हाबी

दिनको समाप्तीमा इंग्ल्यान्डले दुई विकेटमा ९८ रन बनाएको छ र अझै २ सय ८३ रनले पछाडि छ । पाहुना टिमका लागि कप्तान जोए रुट ६७ र जोनी बियरस्टो २४ रन बनाएर खेलिरहेका छन् ।

उनीहरूले तेस्रो विकेटका लागि ९३ रनको साझेदारी गरिसकेका छन् । इंग्ल्यान्डले ज्याक क्रलीलाई पाँच र डम सिबलीलाई शून्यमा गुमाएको थियो । यी दुवै विकेट लसिथ इमबुल्डेनियाले लिए ।

श्रीलंकाले यसअघि आफ्नो पहिलो इनिङ्समा सबै विकेट गुमाएर ३ सय ८१ रन बनाएको थियो ।

प्रकाशित : माघ १०, २०७७ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?