कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मतीको लगातार तेस्रो जित, प्रदेश १ पनि विजयी

काठमाडौँ — प्रधानमन्त्रीकप वान डे राष्ट्रिय पुरुष क्रिकेटमा वाग्मतीले शुक्रबार लगातार तेस्रो जित निकालेको छ । मुलपानीमा भएको खेलमा वाग्मतीले प्रदेश नम्बर–२ लाई ६ विकेटले पराजित गरेको हो ।

वाग्मतीको लगातार तेस्रो जित, प्रदेश १ पनि विजयी

पहिले व्याटिङ गरेको प्रदेश–२ ले तयार पारेको १ सय ८० रनको चुनौतीलाई वाग्मतीले ४८.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । विजयी टिमका लागि लयमा देखिएका पृथु बाँस्कोटाले ५३ रन बनाए ।

उनको यो लगातार दोस्रो अर्धशतक हो । प्रतियोगिताको टीयू मैदानमा शुक्रबारकै अर्को खेलमा प्रदेश–१ ले कर्णाली प्रदेशलाई ५९ रनले हरायो । प्रदेश १ ले पहिले ब्याटिङ गर्दै २ सय १६ रनको लक्ष्य बनाएको थियो ।

जवाफमा कर्णाली ३५ ओभरमा अलआउट भयो र उसले १ सय ५६ रन मात्र बनाउन सक्यो ।

प्रकाशित : माघ ९, २०७७ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?