२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

युभेन्टसलाई सुपरकप, रोनाल्डोको कीर्तिमानी गोल

एजेन्सी

मिलान — क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी ७ सय ६०औं गोलमा युभेन्टसले बुधबार नेपोलीलाई २–० ले हराएर इटालियन सुपरकप जितेको छ । आन्द्रे पिर्लोले प्रशिक्षकका रूपमा जितेको यो पहिलो उपाधि हो ।

युभेन्टसलाई सुपरकप, रोनाल्डोको कीर्तिमानी गोल

पोर्चुगाली फरवार्ड रोनाल्डोले भलीबाट पहिलो गोल गरेपछि सब्स्टिच्युट अल्भारो मोराटाले इन्जुरी समयमा दोस्रो गोल थपे । रोनाल्डो यो उपलब्धिसँगै फुटबल इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी पनि भएका छन् ।

यद्यपि यसलाई लिएर विवाद भने पाइन्छ । रोनाल्डोले जोसेफ बिचानको नाममा रहेको सर्वकालीन सबैभन्दा बढी गोल गर्ने खेलाडीको उपलब्धिलाई उछिनेको मानिन्छ ।

प्रकाशित : माघ ८, २०७७ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?