कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्सनल शीर्ष दसमा प्रवेश

एजेन्सी

लन्डन — पिएरे इमरिक अबमेयाङको दुई गोलमा आर्सनलले सोमबार न्युकासललाई ३–० ले हराएको छ । यो नतिजापछि टोली इंग्लिस प्रिमियर लिगको शीर्ष दसभित्र प्रवेश गर्न सफल रह्यो । हारले न्युकासल व्यवस्थापक स्टिभ ब्रुसमाथि दबाब बढेको छ ।

आर्सनल शीर्ष दसमा प्रवेश

आर्सनलका लागि अर्को गोल गर्ने खेलाडी भने बुकायो साका रहे । गाबोनका अन्तर्राष्ट्रिय खेलाडी अबमेयाङले यस खेलसँगै लयमा फर्केको संकेत दिएका छन् जुन व्यवस्थापक माइकल आर्टेटाका लागि खुसीको समाचार हुनेछ ।

यो जितपछि आर्सनल १९ खेलबाट २७ अंक बटुली दसौं स्थानमा पुगेको छ । न्युकासल भने १९ अंकसहित १५ औं स्थानमा रह्यो ।

प्रकाशित : माघ ६, २०७७ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?