कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

गजराज जोशी स्मृति फुटबल : पहिलो खेल बराबरी

काठमाडौँ — टोखा नगरपालिका स्तरीय अन्तर वडा गजराज जोशी स्मृति कप फुटबलको उद्घाटन खेलमा सोमबार वडा नम्बर ६ र ७ ले १–१ को बराबरी गर्दै अंक बाँडेका छन् ।

लिगकम नकआउटको आधारमा आयोजित प्रतियोगिताको समूह ‘ए’को प्रतिस्पर्धामा वडा नम्बर ६ को लागि कृष्ण गुरुङले गोल गरे भने समीर गुरुङको पेनाल्टी गोलमार्फत् वडा ७ ले अंक जोडन सक्यो । समीर अर्को एक पेनाल्टीमा भने चुकेका थिए ।

एसडी ९९ स्पोर्टस् कर्नरद्वारा आयोजित प्रतियोगितामा टोखा नगरपालिकाका ११ मध्ये ७ वटा वडाको टिम सहभागी छन् ।

माघ १३ सम्म चल्ने प्रतियोगिताको विजेताले ७० हजार र उपविजेताले ३५ हजार रुपैया प्राप्त गर्नेछन् ।

प्रकाशित : माघ ५, २०७७ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?