कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रेलियाले भारतलाई दियो ३२८ रनको लक्ष्य

एजेन्सी

ब्रिसवेन — भारतले अस्ट्रेलियाविरुद्धको चौथो तथा अन्तिम टेस्टमा ३ सय २८ रनको लक्ष्य पाएको छ । उक्त लक्ष्य पछ्याउने क्रममा टोलीले सोमबार विनाकुनै विकेट क्षति चार रन बनाएको छ । चौथो दिनको खेल समाप्त हुँदा रोहित शर्मा चार रन र शुभमन गिल शून्यमा छन् ।

अस्ट्रेलियाले भारतलाई दियो ३२८ रनको लक्ष्य

वर्षाले चौथो दिनको खेल चाँडै टुंगिएको थियो । अब पाँचौं तथा अन्तिम दिन भारतले ३ सय २४ रन बनाउने प्रयास गर्नेछ भने अस्ट्रेलिया भारतका १० विकेट लिने रणनीतिमा हुनेछ । चार टेस्टको शृंखला १–१ को बराबरीमा रहेको स्थितिमा अस्ट्रेलियालाई जित अनिवार्य बनेको छ ।

बराबरीको स्थितिमा शृंखला भारतको नाममा हुनेछ । यसअघि अस्ट्रेलियाले आफ्नो इनिङ्समा २ सय ९४ रन बनाएको थियो । त्यसमा अघिल्लो दिन नटआउट ब्याट्सम्यान डेविड वार्नरले ४८ रन बनाए भने स्टिभ स्मिथले ५५ रन थपे ।

भारतीय बलरमध्ये मोहम्मद सिराज सर्वाधिक सफल रहे । उनले ७३ रन बनाएर पाँच विकेट लिए । यस्तै शार्दूल ठाकुरले ६१ रन दिएर चार विकेट लिए ।

प्रकाशित : माघ ५, २०७७ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?