ला लिगाको शीर्ष स्थानमा एट्लेटिकोको पकड बलियो- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ला लिगाको शीर्ष स्थानमा एट्लेटिकोको पकड बलियो

एजेन्सी

म्याड्रिड — एट्लेटिको म्याड्रिडले मंगलबार सेभियालाई २–० ले हराउँदै स्पेनी ला लिगाको शीर्ष स्थानमा आफ्नो पकडलाई अझ बलियो बनाएको छ । डिएगो सिमोनीको टिमका लागि एन्जेल कोरेआले पहिलो गोल गरे । यस्तै दोस्रो गोल सउल निगुएजको नाममा रह्यो ।

सेभियाका लागि भने सबै खाले प्रतियोगिताका १० खेलमा यो पहिलो हार हो र टिम छैटौं स्थानमा छ । एट्लेटिकोको भने १६ खेलबाट ४१ अंक भएको छ र यो दोस्रो स्थानमा रहेको रियल म्याड्रिडमाछि चार अंकको अग्रता हो ।

त्यसमाथि एट्लेटिकोले रियलको तुलनामा दुई खेल कम खेलेको छ । मंगलबारकै अर्को खेलमा ग्रेनेडाले ओसासुनालाई २–० ले हरायो । ग्रेनेडा २७ अंकमा सातौं स्थानमा छ ।

प्रकाशित : पुस २९, २०७७ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्

म्यानचेस्टर शीर्ष स्थानमा उक्लियो

एजेन्सी

लन्डन — पउल पोग्बाले दोस्रो हाफमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा मंगलबार राति बर्नलीलाई १–० ले हराएको छ । यससँगै टोली अंक–तालिकाको शीर्ष स्थानमा उक्लिन सफल रह्यो । सन् २०१२ को डिसेम्बरयता म्यानचेस्टर अंकतालिकाको शीर्ष स्थानमा पुगेको यो पहिलोपल्ट हो ।

त्यस सिजन म्यानचेस्टरले एलेक्स फर्गुसनको नेतृत्वमा लिग जितेको थियो । म्यानचेस्टरको १७ खेलबाट ३६ अंक भएको छ । यो दोस्रो स्थानमा झरेको लिरभपुलभन्दा तीन अंकको अग्रता हो । मंगलबारको अर्को खेलमा एभरटनले उल्भ्सलाई २–१ ले हराई चौथो स्थानमा पुग्यो । उसको ३२ अंक भएको छ ।

गोल अन्तरले समान ३२ अंकसाथ लेस्टर सिटी तेस्रो स्थानमा छ । यस्तै सेफिल्डले सिजनको पहिलो लिग जित हात पार्न न्युकासल युनाइटेडलाई १–० ले हरायो । सेफिल्डको पाँच अंकसाथ अझै पुछारमा छ । सब्स्टिच्युट बिली सार्पले खेलको एक मात्र गोल गरे । लिगमा खेलेका १८ खेलमा सेफिल्डको यो पहिलो जित हो ।

प्रकाशित : पुस २९, २०७७ ०७:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×