आयशा र सन्तोषीलाई स्पेसल अवार्ड - खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आयशा र सन्तोषीलाई स्पेसल अवार्ड 

कान्तिपुर संवाददाता

काठमाडौँ — तेक्वान्दोकी आयशा शाक्य र एथ्लेटिककी सन्तोषी श्रेष्ठलाई संयुक्त रूपमा यस वर्षको स्पेस पल्सर स्पोर्टस अवार्ड प्रदान गरिएको छ ।  

१३औं सागमा आयशाले २ वटा स्वर्ण जितेकी थिइन् ।

यस्तै, नेपाली एथ्लेटिक्स खेलमा अन्तर्राष्ट्रिय टुर्नामेन्टमा स्वर्ण जित्ने सन्तोषी पहिलो खेलाडी हुन् । उनले १० हजार मिटरमा स्वर्ण जितेकी हुन् ।

प्रकाशित : पुस २८, २०७७ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्

पारा एथ्लिट अवार्ड दिगमसिंह चेम्जाेङलाई

कान्तिपुर संवाददाता

काठमाडौँ — यस वर्षको पारा एथ्लिट अवार्ड ह्वीलचियर बास्केटबल र क्रिकेट खेलाडी दिगमसिंह चेम्जोङ भएका छन् । 

टेबलटेनिस खेलाडी समेत रहेका चेम्जोङलाई यस वर्षको प्यारा एथ्लिट अवार्ड पल्सर स्पोर्टस अवार्डबाट पुरस्कृत गरिएको हो ।

वैदेशिक रोजगारीको क्रममा कतारमा दुर्घटना भएपछि अशक्त भएका उनी स्वदेश फर्केर प्यारा खेलकुदमा संलग्न हुँदै आएका छन् ।

प्रकाशित : पुस २८, २०७७ १७:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×