कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एथलेटिक्स टोली बंगलादेशतर्फ

काठमाडौँ — बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली एथलेटिक्स टोली मंगलबार बंगलादेशको ढाका प्रस्थान गरेको छ ।

जनवरी १० तारिखमा हुने प्रतियोगिताको पुरुषमा किरणसिंह बोगटी र महिलामा पुष्पा भण्डारीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । दुवै नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन् । उक्त सागको म्याराथनमा किरणले स्वर्ण तथा पुष्पाले रजत जितेका थिए ।

प्रशिक्षकमा धनीराम चौधरी रहेका छन् ।

प्रकाशित : पुस २१, २०७७ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?