कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पीपीएल : लगातार तेस्रो जितपछि चितवन प्लेअफ नजिक

(पोखरा) — पोखरा प्रिमियर लिग (पीपीएल)मा चितवन राइनोजले धनगढी ब्लुजलाई ५२ रनले पराजित गरेको छ । लगातार तेस्रो जितसँगै चितवन प्रतियोगिताको प्लेअफमा पुग्ने सम्भावना बलियो बनेको छ । १ सय ८२ रनको ठूलो लक्ष्य पछ्याएको धनगढीले ८ विकेटको क्षतिमा १ सय २९ रनमात्र बनाउन सक्यो ।

पीपीएल : लगातार तेस्रो जितपछि चितवन प्लेअफ नजिक

ओपनर सुवेन्दु पान्डे र तेस्रो नम्बरमा आएका श्रीमान्था विजयरत्ने खाता खोल्नै नपाइ आउट भएपछि धनगढी सुरुमै समस्यामा परेको थियो । पारीको पहिलो बलमै सुबेन्दु रनआउटको शिकार भए । उनले एक बल पनि नखेली पेभिलियन फर्केपछि आएका विजयरत्नेलाई करण केसीले एलबीडब्लुको धरापमा पारे ।

अर्का ओपनर रोड्रिगो थोमस र कप्तान दीपेन्द्र सिंह ऐरीले तेस्रो विकेटका लागि ५५ रनको साझेदारी गर्दै पारी उकासेका थिए । आठौं ओभरको तेस्रो बलमा थोमस २४ रनको स्कोरमा सन्नी पटेलको बलमा बोल्ड भए । लगत्तै अर्को बलमा सन्दीप रजालीलाई सन्नीले बोल्ड गरे ।

पाँचौं विकेटका लागि दीपेन्द्रले सन्दीप जोरासँग मिलेर ३८ रनको साझेदारी गरे । संयमित पारी खेलिरहेका कप्तान दीपेन्द्र ४९ रनको व्यक्तिगत स्कोरमा क्याचआउट भए । ४२ बलमा ४ चौका र २ छक्का प्रहार गरेका उनी १३.२ ओभरमा भुवन कार्कीको बलमा आउट भएका हुन् । २ ओभरपछि भुवनले सन्दीप जोरालाई पनि २१ रनको स्कोरमा कट एन्ड बोल्ड गरे ।

सौरभ खनाललाई भूवनले ३ रनको स्कोरमा बोल्ड गरे । कमल सिंह ऐरीलाई ९ रनमा करण केसीले आउट गरे । अमित यादव १७ रनमा अविजित रहे ।

यसअघि टस जितर ब्याटिङ गरेको चितवनले ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल खडा गरेको थियो । यसअघिका दुवै खेल जितेको चितवनका लागि ओपनरहरु कप्तान पारस खड्का र रोहन मुस्तफाले २९ रनको साझेदारी गरेका थिए । रोहनले ९ रन बनाएर आउट भएपछि आएका बाबर हायतसँग मिलेर पारसले २७ रनको साझेदारी गरे । पारस १५ बलमा २३ रन बनाएर आउट भए ।

हरिशंकर साहले ८ रनमात्र बनाए । बाबरले २८ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३६ रनको योगदान गरे । अनिलकुमार साह १९ रनको स्कोरमा धनगढीका कप्तान दीपेन्द्र सिंह ऐरीको बलमा क्याचआउट भए ।

छैटौं विकेटका लागि आरिफ शेख र सन्नी पटेलले अन्तिम ५ ओभरमा विष्फोटक ७२ रनको अविजित साझेदारी गरेपछि चितवनले ठूलो योगफल खडा गरेको हो ।

आरिफले २० बलमा अविजित ४७ रन प्रहार गरेका आरिफले ४ छक्का र २ औका प्रहार गरेका थिए । सन्नीले १७ बलमा १ चौका र ३ छक्कासहित अविजित ३२ रन बनाए । १९ औं ओभरमा धनगढीका कप्तान दीपेन्द्रले २१ रन खर्चेका थिए ।

धनगढीका अनिल खरेल र दीपेन्द्रले २–२ विकेट लिए ।

प्रकाशित : पुस ४, २०७६ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?