कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पीपीएल : साविक विजेता पोखराको लगातार तेस्रो हार

(पोखरा) — अफ्तावउद्दिनले विस्फोटक अर्धसतकीय पारी खेलेपछि पोखरा प्रिमियर लिगमा बुटवल ब्लास्टर्सले साविक विजेता पोखरा पल्टनमाथि ८ विकेटको सानदार जित हासिल गरेको छ । पहिलो खेलमा जित हासिल गरे पनि त्यसपछि लगातार तेस्रो खेल हारेसँगै पोखराका लागि प्लेअफ यात्रा निकै कठिन बनेको छ ।

पीपीएल : साविक विजेता पोखराको लगातार तेस्रो हार

१ सय २२ रनको लक्ष्य २ विकेटको क्षतिमा १४ ओभरमै पूरा गर्ने क्रममा बुटवलका बिदेशी खेलाडी अफ्तावउद्दिनले ७५ रनको योगदान गरे । उनले ४६ बल खेलेर १२ चौका र २ छक्का प्रहार गरे । उनले शंकर रानासँग मिलेर पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए ।


शंकरले १९ रन जोडेर आउट भएपछि आएका भीम सार्कीसँग मिलेर दोस्रो विकेटका लागि १९ रनको साझेदारी गरे । सार्की १० रनमा अविजित रहे । हर्ष टंकले छक्का प्रहार गरी टिमलाई ८ विकेटको जित दिलाए । पोखराका राशिद खान र प्रथमेस डाकेले १–१ विकेट लिए ।



यसअघि पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय २१ रनको योगफल खडा गरेको थियो । यसअघि १ जित र २ हारको नतिजा ब्यहोरेको पोखराका लागि जित्नैपर्ने यो खेलमा सुरुआती ब्याट्सम्यानहरु कमजोर देखिए ।

कुशल भुर्तेल इनिङको दोस्रो बलमै खाता नखोली आउट भए । अनुभवी ब्याट्सम्यानद्वय कप्तान शरद भेषावकर र विनोद भन्डारीले क्रमसः ७ र ३ रन बनाएर आउट हुन पुगे । १३ रन बनाएर अर्का ओपनर इशान पान्डे पेविलियन फर्कँदा पोखरा पल्टन ३२–४ को स्थितिमा थियो ।

रवि इन्दर सिंह र रोहित कुमार पौडेलले पाँचौं विकेटका लागि ३७ रनको साझेदारी गरी पारी उकास्ने प्रयास गरे । रोहित १९ रनको व्यक्तिगत स्कोरमा आउट भए । उनल १८ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

रोहित आउट भएपछि आएका प्रथमेस डाकेसँग मिलेर रविइन्दरले ५२ रनको अविजित साझेदारी गरेपछि पोखराले १ सय रनको स्कोर पार गरेको थियो । रविइन्दर ४५ र डाके २० रनमा अविजित रहे ।

बलिङमा हर्ष टंकले २ विकेट लिए । ललित भन्डारी, शिवम् सिंह र नितेश थापाले १–१ विकेट झारे ।

प्रकाशित : पुस ४, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?