निजगढको जंगल नजिकका गाउँमा बाघ पसेर पशुचौपाया खाने, जंगली हात्ती, बँदेल, नीलगाईले बालीनालीमा क्षति पुर्याएपछि स्थानीय आतंकित बनेका छन् । पर्सा राष्ट्रिय निकुञ्जसित जोडिएको निजगढ नगरपालिकाको वडा १ र २ सिंगौल गाउँ, वडा नं ११, १२ तथा १३ को रतनपुरी, लाल, कुलिया, डम्बरपुरलगायतका बस्तीमा ५ महिनादेखि बाघसहितका वन्यजन्तुले चौपायाहरु खाइदिँदा स्थानीयमा त्रास फैलिएको हो ।
सरकारले निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गर्न गठित विज्ञ समूहले पूर्णता पाएको छ । हवाई पूर्वाधार इन्जिनियर वीरेन्द्रबहादुर देउजाको संयोजकत्वमा १० सदस्यीय विज्ञ समूहले पूर्णता पाएको हो ।
सरकारले निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजाको संयोजकत्वमा १० सदस्यीय विज्ञ समूह गठन गरेको छ ।
बाराको निजगढमा विमानस्थल निर्माणसम्बन्धी सम्पूर्ण निर्णय बदर गरिदिने फैसलापछि राजनीतिक दलका शीर्ष नेताहरूले सर्वोच्च अदालतको मानहानि गरेका विज्ञहरूले बताएका छन् । अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने सरकार र सत्तारूढ गठबन्धनका शीर्ष नेताले निजगढमै पुगेर त्यहीं विमानस्थल बनाउने अडान दोहोर्याउनुलाई पूर्वन्यायाधीश, वातावरण संरक्षणकर्मी र कानुन व्यवसायीहरूले अदालतको मानहानिका रूपमा अर्थ्याएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरू शनिबार निजगढ पुगेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेललगायत एकैसाथ सेनाको हेलिकोप्टरमा निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको हवाई निरीक्षणमा पुगेका हुन् ।
पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको अर्थतन्त्रलाई गुणात्मक परिवर्तन ल्याउने योजना भएको बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अर्को अन्तर्राष्ट्रियस्तरको विमानस्थल आवश्यक रहेको बताएका छन् । शनिबार निजगढस्थित 'अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल'को निरीक्षणमा पुगेका उनले सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलको एकदमै खाँचो रहेको बताएका हुन् ।
सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुले बाराको निजगढस्थित 'अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल'को निरीक्षणमा पुगेका छन् । शनिबार बिहान १० बजे नेपाली सेनाको हेलिकप्टरमार्फत शीर्ष नेताहरू निजगढ ओर्लिएका हुन् ।
बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले हालसम्म गरेका सबै निर्णय बदर गरेको एक महिनापछि सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । पूर्णपाठमा निजगढमै विमानस्थल निर्माण गर्न निषेध गरिएको छैन तर पर्यावरणसम्बन्धी मापदण्डलाई अनिवार्य पालना गर्न भनिएको छ ।
बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले हालसम्म गरेका सबै निर्णयहरू बदर गरिदिने आदेश दिएको एक महिनापछि सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । पाँच सदस्यीय वृहत पूर्ण इजलासका न्यायाधीशहरू अहिलेसम्मका निर्णय बदर गर्न सहमत भएका छन्, तर यसपछिका विकल्प के हुन् भन्नेबारेमा उनीहरूले फरक फरक राय लेखेका छन् ।
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे सर्वोच्च अदालतले जेठ १२ गते गरेको फैसलामा न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोज शर्माले फरक मत राखेका छन् । उनीहरुले राज्यको ठूलो स्रोत साधान खर्च भइसकेकाले निजगढमा कम वातावरणीय क्षतिमा अन्तर्राष्ट्रिय बनाउन उपयुक्त हुने राय दिएका छन् ।
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले दोस्रो अर्न्तराष्ट्रिय विमानस्थल निजगढ कुनै पनि बहानामा सार्न नमिल्ने बताएका छन् । निजगढमा विमानस्थल बन्नुपर्ने माग गर्दै आन्दोलनरत निजगढ सार्वजनिक सरोकार समितिसँगको साक्षात्कारमा बिहीबार निजगढै पुगेर मुख्यमन्त्री राउतले मधेस प्रदेशको विकासका लागि लाइफलाइन रहेको निजगढ विमानस्थल सार्ने खेल स्वीकार्य नहुने बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । सर्वोच्च अदालतले उक्त स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य रोक्न मौखिक आदेश दिएको अवस्थामा मन्त्री आलेले प्रतिनिधिसभामा उक्त प्रतिबद्धता दोहोर्याएका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटमा २६ करोडमात्र बजेट विनियोजन गरेकोमा आपत्ति जनाएका छन् । अर्थमन्त्री जनार्दन शर्मालगायत मन्त्रीलाई निजगढ एयरपोर्ट बन्छ भनेर अभिव्यक्ति नदिन पनि मन्त्री आलेले आग्रह गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटमा २६ करोडमात्र बजेट विनियोजन गरेकोमा आपत्ति जनाएका छन् । अर्थमन्त्री जनार्दन शर्मालगायत मन्त्रीलाई निजगढ एयरपोर्ट बन्छ भनेर अभिव्यक्ति नदिन पनि मन्त्री आलेले आग्रह गरेका छन् ।
नेकपा (एमाले)का सांसद भीम रावलले बाराको निजगढ विमानस्थल निर्माणमा बाधा पुर्याउने तथा बनाउन हुँदैन भन्नेहरू भू-माफियासँग मिलेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा रावलले निजगढ विमानस्थल निर्माण गर्न हुँदैन भन्नेहरूले सरकारले अधिग्रहण गरेको जग्गा अतिक्रमण गरिरहेको पनि उनले बताए ।
सर्वोच्च अदालत बार एसोसिएसनले निजगढ विमानस्थल निर्माणबारे सर्वोच्च अदालतको फैसलालाई लिएर सरकार, संसद् र राजनीतिक नेतृत्वबाट अदालतको स्वतन्त्रतामाथि प्रहार गरेको भन्दै विरोध गरेको छ ।
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न अहिलेसम्म भएका निर्णय र प्रक्रिया सर्वोच्च अदालतले खारेज गरिदिएपछि जबर्जस्त जिज्ञासा छ– अहिलेसम्म नियमविपरीत भएका प्रक्रिया खारेज भएका हुन् कि निजगढको सम्भावना नै सकिएको हो ? यो विषय प्रस्ट छैन, किनकि निर्णय सुनाउँदा अदालतले एक लाइन पनि लिखित आदेश नदिई प्रवक्तामार्फत मौखिक जानकारी दिएको हो, पूर्णपाठ आउनै बाँकी छ ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई शीघ्र अघि बढाउन सरकारका नाममा निर्देशन जारी गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबाट पछि नहट्ने बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा मन्त्री आलेले विकासमा बाधा हुन नहुने पनि उनको भनाइ थियो ।
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवदी)का अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुन नदिनका लागि षडयन्त्र भएको बताएका छन् । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नहुने तर पारिपट्टी भारतमा भने ठूल्ठूला अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको र हुने क्रममा रहेको उनले बताए ।
नेकपा (एमाले)का सांसद भीमबहादुर रावलले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम रोक्ने सर्वोच्च अदालतको फैसला राष्ट्रहितविपरीत रहेको बताएका छन् । उनले सरकारले कानुनी, प्राविधिक र व्यवहारिक जे-जस्ता भएपनि कदम चाल्नुपर्ने र विमानस्थल निर्माण गर्नुपर्ने बताएका छन् ।
सरकारले बाराको निजगढमा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल अगाडि बढाउन बजेटमा योजना राखेको छ । सर्वोच्च अदालतले बिहीबार निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न फैसला गरेको अवस्थामा सरकारले भने बजेटमा नै विमानस्थल निर्माणका लागि योजना ल्याएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बाराको निजगढमा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलबारे सर्वोच्च अदालतले दिएको फैसलाको अध्ययन गरेर सरकारले आवश्यक निर्णय लिने बताएका छन् ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुखद् भएको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै अध्यक्ष नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुखद् भएको बताएका हुन् ।
बाराको निजगढमा जसरी पनि अन्तर्राष्ट्रिय विमानस्थल बनाउने संघीय सरकारको प्रस्ताव र वातावरणमा अपूरणीय क्षति पर्न सक्ने भन्दै त्यसलाई रोक्नुपर्ने पर्यावरण अभियन्ताको चेतावनीबीच मधेस प्रदेशले मध्यमार्गी प्रस्ताव अगाडि सारेको छ ।
तीन दशकदेखि निर्माणको चर्चासँगै विवादको भुमरीमा परेको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भविष्य यही महिनाभित्र टुंगो लाग्न सक्ने देखिएको छ । सार्वजनिक सरोकारको निवेदनमार्फत वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र अधिवक्ता रन्जुहजुर पाँडे क्षत्रीले सर्वोच्च अदालतमा दिएको निवेदनमा वैशाखभित्रै फैसला आउने सम्भावना रहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने तयारी गरेको छ । मन्त्रालयले रूख कटान प्रक्रिया अघि बढाइदिन फेरि वन तथा वातावरण मन्त्रालयलाई पत्राचार गरेको छ भने यही विषयमा पर्यटनमन्त्री प्रेमबहादुर आले र वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवबीच छलफलसमेत भएको छ ।