कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेता निजगढ जाँदै

काठमाडौँ — सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुले बाराको निजगढस्थित 'अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल'को शनिबार बिहान स्थलगत निरीक्षण गर्ने भएका छन् ।

प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेता निजगढ जाँदै

'काठमाडौंबाट बिहान ९ बजे प्रधानम्त्री शेरबहादुर देउवासहितको शीर्ष नेताहरुको टोली निजगढ भ्रमणमा जाने तयारी छ,' गठबन्धनका एक नेताले भने । प्रधानमन्त्री देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरू विमानस्थल निर्माणक्षेत्रको अवलोकनमा जाने भएका हुन् ।

वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसला आएपछि शीर्ष नेताहरुले पहिलो पटक निर्माणक्षेत्रको भ्रमणमा जान लागेका हुन् ।

'भ्रमणपछि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई अघि बढाउने वा नबढाउने विषयमा सरकारले आवश्यक निर्णय गर्ने छ,' ती नेताले भने । जैविक विविधतायुक्त घना जंगल फडानी गरेर विमानस्थल निर्माण गर्न खोजिएको भन्दै विरोध हुँदै आएको छ ।

सम्बन्धित समाचार

प्रकाशित : असार १७, २०७९ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?