इजिप्टको शर्म अल–शेखमा कात्तिक २० देखि मंसिर ३ सम्म चलेको राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२७) लाई ऐतिहासिक कोप भनी नेपालमा समेत चर्चा भइरहेको छ । तर पर्याप्त गृहकार्य नगरे क्षति र नोक्सानी(लस एन्ड ड्यामेज) बापत प्राप्त हुने कोषबाट मुलुकले पर्याप्त फाइदा लिन नसक्ने सम्भावना पनि उत्तिकै रहेको छ ।
दुलर्भ वन्यजन्तु रेडपाण्डा (हाब्रे) संरक्षण तथा अनुसन्धानमा सरकारी निकायहरुसँग काम गरिरहेको रेडपाण्डा नेटवर्कले ‘नेपाल रेडपाण्डा सुशासन मापदण्ड’ तयार गरेको छ । रेडपाण्डा पाइने मुलुकका विभिन्न क्षेत्रमा सञ्चालन भइरहेका कार्यक्रम, परियोजना र गतिविधिहरुको सुशासन गुणस्तर मूल्यांकनकालागि विधि विकास गर्न यो मापदण्ड तयार गरिएको हो ।
दुई सातादेखि यहाँ जारी राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २७) जलवायुजन्य हानिनोक्सानी सम्बोधनका लागि अलग्गै कोष स्थापना गर्ने ऐतिहासिक निर्णय गर्दै सकिएको छ ।
कात्तिक २० गतेदेखि इजिप्टको सुन्दर पर्यटकीय सहर (रेडसी रिसोर्टस्) मा जारी राष्ट्रसंघीय जलवायु सम्मेलनमा विश्वका २ सय देशका वार्ताकारहरु गम्भीर वार्तामा छलफलमा व्यस्त छन् । यो सम्मेलन शुक्रबारसम्म सक्ने भनिएका छ, तर वार्ताहरु जारी छन् ।
राष्ट्रसंघीय जलवायु सम्मेलनमा नेपालबाट सहभागी युवा जलवायु अभियान्ता श्रेया केसी यतिबेला कोपभित्रका विभिन्न ‘साइड इभेन्ट्स’ मा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका समस्या विश्वका अरु युवालाई सुनाउन व्यस्त छिन् ।
कात्तिक २० गतेदेखि इजिप्टको रेड सी नजिकको सुन्दर पर्यटकीय सहर शर्म अल शेखमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्वन्धी खाका महाससन्धि (यूएनएफसीसीसी) का पक्ष मुलुकहरुको २७ औं शिखर सम्मेलन (कोप २७) सुरु भएको छ । करिब २ सय देशबाट सरकार, गैरसरकारी संस्था, अन्तराष्ट्रिय संस्था, वैज्ञानिक, विज्ञ र पत्रकार गरी ४१ हजार सहभागी छन् ।
जलवायु क्षेत्रमा कार्यरत अधिकारीहरूले जनताले अपेक्षा गरेअनुसारको निर्णयका लागि कोपको अबको समय खर्च गर्न विश्वभरका जलवायु वार्ताकारको ध्यानाकर्षण गराएका छन् । जलवायु सम्मेलनको पहिलो साता जलवायुसँग सम्बन्धित विभिन्न समस्याबारे उजागर गर्दै शर्म एल शेखबाट महत्त्वाकांक्षी निर्णयका लागि विज्ञहरूले सरोकारवालाहरूको ध्यानाकर्षण गराए ।
नो मोर मेल्टिङ, नो मोर लसेस (हिमाल पग्लिने क्रम रोकिनु पर्ने र थप हानीनोक्सानी व्यहोर्ने पक्षमा छैनौं) भन्ने अभियान साथ नेपालले जलवायु परिवर्तनसम्बन्धी यहाँ जारी सम्मेलनका मूल छलफल (वार्ता) र साइडलाइन छलफलहरूमा आफ्ना मुद्दालाई थप बलियो बनाइरहेको छ ।
विश्वमा औद्योगीकरण र यातायात क्षेत्रमा खनिज इन्धनको अत्यधिक प्रयोगका साथै वन विनाशका कारण हरितगृह ग्यासको अत्यधिक उत्सर्जनबाट विश्वभर जलवायु परिवर्तनमा तीव्रता आउन थाल्यो ।