कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निजगढ विमानस्थल निर्माण सम्बन्धमा विज्ञ टोली बनाइने

काठमाडौँ — सरकारले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्बन्धमा अध्ययन गर्न विज्ञ टोली गठन गर्ने भएको छ ।

निजगढ विमानस्थल निर्माण सम्बन्धमा विज्ञ टोली बनाइने

सोमबार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिको बैठकले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विज्ञ टोली गठन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री श्रेष्ठले प्राधिकरणको सञ्चालक समितिको सिफारिस अनुसार मन्त्रालयले विज्ञ टोली गठन गर्ने सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्‍मा लैजाने तयारी गरेको जानकारी दिए ।

उनले मुलुकको जेम चेन्जर आयोजनाको रुपमा हेरिएको निजगढ विमानस्थल बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै सर्वोच्च अदालतको आदेश अनुसार नै विज्ञ समूह गठन गरी पुनः अध्ययन गरिने बताए ।

मन्त्री श्रेष्ठले विज्ञ टोलीबाट आएका प्रतिवेदन अनुसार नै अगाडि बढ्ने भन्दै वातावरणको कुरामा सरकार संवेदनशील रहेको पनि बताए । मन्त्री श्रेष्ठले विमानस्थलको प्रस्तावित रन वे र टर्मिनल भवन निर्माण गर्ने ठाउँ खाली मैदान रहेको भन्दै विमानस्थल निर्माणका लागि धेरै रुख कटान गर्नुपर्ने अवस्था नरहेको दाबी गरे ।

यस्तै समितिको बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विगतमा भएका केही त्रुटीलाई छोडेर अब सरकार निजगढ विमानस्थललाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने सुझाव दिए ।

अन्य विमानस्थल निर्माण गर्दा पनि आवश्यकताको अध्ययन गरेर मात्रै निर्माणको काम अगाडि बढाउनु पर्ने उनको धारणा थियो । पूर्वप्रधानमन्त्री नेपालले सर्वोच्च अदालतले निजगढ विमानस्थल बनाउनका लागि अवरोध नभएर निर्माण कार्य अगाडि बढाउने ढोका खोलिदिएको दाबी गरेका थिए ।

प्रकाशित : श्रावण २, २०७९ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?