कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्वोच्चले रोकेको निजगढ विमानस्थल सरकारले बनाउने

काठमाडौँ — सर्वोच्च अदालतले रोकेको निजगढमा सरकारले अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भएको छ ।

सर्वोच्चले रोकेको निजगढ विमानस्थल सरकारले बनाउने

सर्वोच्चको पूर्ण फैसला नआउँदै सरकारले बजेटमार्फत निजगढलाई अघि बढाउने योजना सार्वजनिक गरेको छ । ‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लगानी ढाँचा निर्धारण गरी लगानी बोर्डमार्फत आयोजना विकास अघि बढाइनेछ,’ अर्थमन्त्री जनार्दन शर्माले भने ।

यात्रुको चाप कम गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण गर्न बजेट विनियोजन गरिएको छ । सरकारले नागरिक उड्डयन प्राधिकरणलाई पुनःसंरचना गरी सेवा प्रदायक र नियामकका रूपमा छुट्टाछुटै निकाय स्थापना गर्ने भएको छ ।


प्रकाशित : जेष्ठ १६, २०७९ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?