२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

'के भैंसी चराउनका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिएको हो ?'

काठमाडौँ — प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक नभएको बताएका छन् ।

'के भैंसी चराउनका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिएको हो ?'

शुक्रबार प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको विनियोजन शीर्षकमाथिको छलफलका भाग लिँदै सिंहले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलले काम गर्न नसकिरहेका बेला थप विमानस्थल बनाउन आवश्यक नभएको बताएका हुन् ।

बजारमा अहिले पनि निजगढ विमानस्थल बनाउने कुरा चलिरहेको तर विदेशीको ऋण लिएर त्यो काम गर्न आवश्यक नभएको सांसद सिंहले 'के भैंसी चराउनका लागि सो विमानस्थल बनाउन लागिएको हो ?' भनी सरकारलाई प्रश्नसमेत गरिन् ।

‘निजगढ एयरपोर्ट बनाउने कुरामा मेरो आपत्ति छ । किनकि निजगढ एयरपोर्ट यता दुई वटा इन्टरनेशनल एयरपोर्ट काम गर्न सकिरहेका छैनन् । अर्को निजगढ एयरपोर्टको आवश्यक्ता के ? खाली फास्ट ट्रयाक जोड्नका लागि एयरपोर्ट चाहिन्छ ? त्यो आवश्यक छैन । त्यसकारणले विदेशीको ऋण लिने, त्यो ऋण लिएर एयरपोर्ट बनाउने । तर, त्यसमा सोही अनुसारको व्यवस्था नहुने । र, अहिले पनि बजारमा भनिएको छ कि निजगढ एयरपोर्ट बनाउने । के त्यहाँ भैंसी चराउनका लागि एयरपोर्ट बनाउने ? मधेशमा भैंसी धेरै पाउँछ,’ उनले भने । सांसद सिंहले हवाई उडानको सुरक्षामा विशेष ध्यान दिन सरकारलाई सचेतसमेत गराए ।

प्रकाशित : असार ८, २०८० १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?