३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

निजगढ विमानस्थल निर्माणबाट मन्त्रालय पछि हट्दैन : मन्त्री आले

'जहिले पनि हामीमाथि निर्भर भएर बस भनेको हो भन्ने महसुस भएको छ'

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबाट पछि नहट्ने बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा मन्त्री आलेले विकासमा बाधा हुन नहुने पनि उनको भनाइ थियो । 

निजगढ विमानस्थल निर्माणबाट मन्त्रालय पछि हट्दैन : मन्त्री आले

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ठूलो रकम खर्च भइसकेको र ८ हजार ५० हेक्टर जग्गा पनि अधिग्रहण भइसकेको अवस्थामा अब मन्त्रालय पछि नहट्ने बताए । उनले भने, 'निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको नाममा ८ हजार ५० हेक्टर जग्गा आइसकेको छ । अदालतले दिएको आददेशअनुसार केही गर्नुपर्छ भने गरौँला । नीति तथा कार्यक्रममा आइसकेको छ र योजना आयोगबाट पनि स्वीकृत भएको छ । अब मन्त्रालय पछि हट्दैन ।'

सर्वोच्च अदालतले गत बिहीबार दिएको फैसलाको पूर्णपाठ आएपछि केही गर्नुपर्ने भए गर्ने तर अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम नरोकिने मन्त्री आलेको भनाइ थियो ।

विकास निर्माणका काममा अवरोध भएको मन्त्री आलेको भनाइ थियो । उनले भने, 'जहिले पनि हामीमाथि निर्भर भएर बस भनेको हो भन्ने महसुस भएको छ ।'

निजगढ विमानस्थल अहिलेको स्थानभन्दा अन्त सार्नै नसकिने र त्यसो गर्दा ठूलो रकम खर्च खेर जाने मन्त्री आलेको भनाइ थियो ।

प्रकाशित : जेष्ठ १६, २०७९ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?