३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

निजगढ विमानस्थल मुलुकको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउने योजना हो : दाहाल

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको अर्थतन्त्रलाई गुणात्मक परिवर्तन ल्याउने योजना भएको बताएका छन् ।

निजगढ विमानस्थल मुलुकको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउने योजना हो : दाहाल

निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि छुट्याइएको क्षेत्रको निरीक्षणमा प्रधानमन्त्री शेरबहादुर देउवासँगै सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू शनिबार बिहान बारा पुगेका थिए ।

सोही क्रममा दाहालले भने, 'निजगढमा एयरपोर्टको सम्बन्ध फास्ट ट्र्याक (काठमाडौं-मधेस द्रूत मार्ग) सँग पनि छ । यो विमानस्थल निर्माण नहुने हो भने अर्बौं लगानी गरेको फास्ट ट्र्याकको ‌औचित्य हुने छैन,' उनले भने, 'निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको योजना गेम चेन्जर ड्रीम प्रोजेक्ट हो, यो अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउन सक्ने योजना हो ।'

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि धेरै छलफल र अध्ययनपछि छनोट गरिएको दाहालको भनाइ थियो । उनले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ३ अर्ब लगानी भइसकेको पनि बताए । प्रधानमन्त्री देउवाले निजगढमा तत्कालका लागि २ रनवे रहेको विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउन अधिकारीहरूलाई निर्देशन दिइसकेका छन् ।

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यमा रोक लगाउन भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो । उक्त मुद्दामा सर्वोच्च अदालतले असार १५ गते फैसलाको पूर्णपाठ सार्वजनिक गरेको थियो । सर्वोच्चको फैसलाको पूर्णपाठ सार्वजनिक भएको केही दिनमा नै प्रधानमन्त्रीसहित सत्तारुढ गठबन्धनका शीर्ष नेता निजगढ पुगेका हुन् ।

प्रकाशित : असार १८, २०७९ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?