२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कान्तिपुरकर्मी शाहलाई ‘पत्रकारिता सम्मान’ 

धनगढी — नेपाल पत्रकार संघ सुदूरपश्चिम प्रदेश समितिले कान्तिपुरकर्मी अर्जुन शाहलाई ‘पत्रकारिता सम्मान’ प्रदान गरेको छ । सुदूरपश्चिममा पत्रकारिताको विकासका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा निर्वाह गरेको महत्त्वपूर्ण योगदानको सम्मान गर्दै महासंघले शुक्रबार धनगढीमा आयोजित तेस्रो अधिवेशन तथा चौथो साधारणसभामा सम्मानित गरेको हो ।

कान्तिपुरकर्मी शाहलाई ‘पत्रकारिता सम्मान’ 

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शाहलाई प्रमाणपत्रसहित दोसल्लाद्वारा ‘पत्रकारिता सम्मान’ प्रदान गरेका हुन् । दुई दशकदेखि कान्तिपुरमा कार्यरत शाह महासंघको सुदूरपश्चिम प्रदेश समितिका संस्थापक प्रदेश अध्यक्षसमेत हुन् ।

शाहसँगै महासंघले पत्रकारिता सम्मान कर्ण शाह, राजेन्द्र नाथ र हेमन्ती चौधरीलाई प्रदान गरेको छ । जेष्ठ पत्रकारिता सम्मान सिद्धराज भट्ट, सञ्चारमाध्यम पत्रकारिता सम्मान धनगढीस्थित पश्चिम टुडे मिडिया हाउसका दीर्घराज उपाध्याय, दुर्गम क्षेत्र पत्रकारिता सम्मान बाजुराका निमेन्द्र शाहीलाई प्रदान गरेको छ । साथै पत्रकारिता पेसामा रहेर निरन्तर रक्तदान गर्दै गर्दै आएका धनगढीका दीपक उपाध्यायलाई महासंघले समाज सेवा सम्मान गरेको छ ।

प्रकाशित : जेष्ठ १२, २०८१ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्तामा २ जना मात्रै उपस्थित भएपछि नियुक्तिमा अन्योल छाएको छ । अध्यक्ष नियुक्तिमा मुख्यरुपमा के भइरहेजस्तो लाग्छ ?

x