कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कैलालीमा एम्बुलेन्स दुर्घटना, किशोरीको मृत्यु 

अर्जुन शाह

धनगढी — कैलालीमा पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारतीय एम्बुलेन्स दुर्घटना भएको छ । उक्त दुर्घटनामा परि बर्दियाको राजापुर नगरपालिका ९ कि १८ वर्षीया अञ्जली परियारको मृत्यु भएको छ । 

कैलालीमा एम्बुलेन्स दुर्घटना, किशोरीको मृत्यु 

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार परियार भारतको हल्द्वानीमा उपचार गरेर भारतीय एम्बुलेन्समा घर फर्किँदै थिइन् । त्यस क्रममा युके ०४ पीए १९०५ नम्बरको भारतीय एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना भएको हो । एम्बुलेन्समा रहेका अन्य पाँच जना भने सकुशल छन् । चालकलाई लम्की प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ १, २०८१ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×