कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बझाङको मष्टामा आगलागी, तीन घर जलेर नष्ट

बझाङ — मष्टा गाउँपालिका–६ को रोकायाटोलमा आगलागी हुँदा एकै धुरी भएका ३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घरमा भएको धनमाल पनि नष्ट भएको छ । 

बझाङको मष्टामा आगलागी, तीन घर जलेर नष्ट

सोमबार दिउँसो एक बजेतिर आगलागी हुँदा स्थानीय विजय रोकाया, लोकेन्द्र रोकाया र ईश्वर रोकायाको घर जलेर पूर्ण रूपमा जलेर नष्ट भएको वडा सचिव चक्रबहादुर रोकायाले बताए ।

घरभित्र भएका सुनका गहना, नगद पैसा, अन्नपात र बन्दोबस्तीका सामानसमेत जलेर नष्ट भएको उनले बताए । हावाहुरीका कारण आगो भीषण रूपमा फैलिएपछी निभाउन समस्या भएको थियो । मष्टा गाउापँलिकाको अस्थायी प्रहरी चौकीबाट सुरक्षाकर्मी अहिले घटनास्थलतर्फ गइसकेको र घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।


प्रकाशित : चैत्र १९, २०८० १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×