कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सुदूरपश्चिममा माओवादीका राज्यमन्त्रीसहित तीन मन्त्री बर्खास्त

अर्जुन शाह

धनगढी — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा रहेका माओवादी केन्द्रका तीन जना मन्त्रीलाई बर्खास्त गरेका छन् । 

सुदूरपश्चिममा माओवादीका राज्यमन्त्रीसहित तीन मन्त्री बर्खास्त

माओवादीका सामाजिक विकासमन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र सोही मन्रालयकी राज्यमन्त्री गीता माललाई मुख्यमन्त्री शाहले हटाएका हुन् ।

सुदूरपश्चिममा कांग्रेस संसदीय दलका नेता शाहको नेतृत्वमा प्रदेश सरकार छ । यसअघि माओवादी, नागरिक उन्मुक्ति र एकीकृत समाजवादीसहितको सरकार थियो । केन्द्रीय सत्ता गठबन्धन फेरिएसँगै मुख्यमन्त्री शाहले माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

नागरिक उन्मुक्ति र समाजवादीका मन्त्रीलाई भने यथावत राखेका छन् ।


प्रकाशित : फाल्गुन २२, २०८० १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×