कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

भिरबाट लडेर विद्यार्थीको मृत्यु 

मनोज बडू

दार्चुला — दार्चुलाको नौगाड गाउँपालिका- ६ मा भिरबाट लडेर एक जना विद्यार्थीको मृत्यु भएको छ । मंगलबार बिहान घरबाट विद्यालय जाने क्रममा रातोपौड भिरबाट लडेर धनसिंह धामीकी १८ वर्षीया छोरी मनिषाको मृत्यु भएको हो । 

भिरबाट लडेर विद्यार्थीको मृत्यु 

स्थानीय कृष्णसिंह ठगुन्नाका अनुसार मंगलबार बिहान करिब ९ बजेको समयमा रातोपौड भन्ने भिरमा लडेर मनिषाको घटनास्थलमै मृत्यु भएको हो ।

विद्यालय जाने बाटोबाट करिब ५०० मिटर तल खसेकी मनिषाको घटनास्थलमै मृत्यु भएको ठगुन्नाले जानकारी दिए ।

मनिषा स्थानीय मालिकार्जुन आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन् ।

प्रकाशित : फाल्गुन ८, २०८० १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×