कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस प्रदेश अधिवेशन : सुदूरपश्चिममा शनिबार राति ९ बजेदेखि मतगणना

चित्राग थापा

धनगढी — नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिको शनिबार भएको निर्वाचनको मतगणना राति ९ बजेदेखि सुरु हुने भएको छ । राति नै पदाधिकारी र सदस्यहरुको मतगणना परिणाम सार्वजनिक हुन सक्ने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस प्रदेश अधिवेशन : सुदूरपश्चिममा शनिबार राति ९ बजेदेखि मतगणना

सभापतिलगायत विभिन्न पदमा कांग्रेस संस्थापन र संस्थापन इतरका १४७ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । प्रदेश अधिवेशनको प्रचारप्रसार संयोजक नृप सुनारका अनुसार १ हजार २१ जना मतदाता रहेको निर्वाचनमा १ हजार ३ जनाले मतदान गरेका थिए । संस्थापन पक्षबाट कांग्रेस केन्द्रीय सदस्य वीरबहादुर बलायर र संस्थापन इतर पक्षबाट कैलालीका तत्कालीन जिल्ला विकास समिति सभापति नारायणदत्त मिश्र सभापति पदका उम्मेदवार रहेका छन् ।

प्रकाशित : मंसिर १८, २०७८ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?