कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

कञ्चनपुरमा स्विमिङ पुलमा डुबेर भारतीय नागरिकको मृत्यु

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको महेन्द्रनगरस्थित होटेल ओपेराको स्विमिङ पुलमा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको छ । क्यासिनो खेल्न आएका भारत उत्तराखण्डको रामपुरका ३९ वर्षीय फेज अहमदको मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहका अनुसार अहमद तीन दिनदेखि होटेल ओपेरमा बस्दै आएका थिए ।

पौडी खेल्न नजान्दा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्विमिङ पुलमा डुबेपछि उपचारका लागि महाकाली अस्पताल लैजाने क्रममा अहमदको मृत्यु भएको बताइएको छ।

प्रकाशित : जेष्ठ १०, २०७९ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×