२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

‘लम्पी’ स्किन महामारी : सुदूरपश्चिममा रोपाइँ प्रभावित

चित्रांग थापा

धनगढी — सुदूरपश्चिममा तराईका कैलाली र कञ्चनपुरभन्दा पहाडी जिल्लामा लम्पी स्किन रोगको संक्रमण फैलिएसँगै रोपाइँ प्रभावित भएको छ । प्रदेशभर मंगलबारसम्म लम्की स्किनले १० हजार ९३९ चौपाया मरेका छन् । 

‘लम्पी’ स्किन महामारी : सुदूरपश्चिममा रोपाइँ प्रभावित

बर्खेबाली लगाउने समयमा गोरु धमाधम मर्न थालेपछि किसान चिन्तित छन् । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका अनुसार असार १२ सम्म प्रदेशभर लम्पी स्किनबाट मरेका १० हजार ९३९ गाईगोरु र बाच्छाबाच्छीमात्रै १० हजार ५०१ छन् । तीमध्ये गोरुमात्रै ४ हजार ३५७ छन् ।

‘पहाडमा खेत जोत्ने गोरुले नै हो, गोरु संक्रमित भएर थला पर्दै मर्न थाले,’ प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक डा.नरेशप्रसाद जोशीले भने, ‘सुदूरपश्चिममा ७७ हजार गोरुमा संक्रमण भएको छ । खेती लगाउने सिजन भएकाले कसरी जोत्ने भन्ने गम्भीर समस्या उत्पन्न भएको छ ।’ उनले समयमै खेतबारी जोत्न नपाएर बाझै रहने अवस्थाले पहाडी जिल्लामा हिउँदमा खाद्यसंकटको अवस्था आउन सक्ने देखिएको बताए ।

डा. जोशीका अनुसार पहाडमा जोत्ने विकल्प नहुँदा कतिपय ठाउमा संक्रमित गोरु पनि प्रयोग भइरहेको छ । ‘यो पहाडका किसानको बाध्यता हो,’ उनले भने, ‘खेतीपाती नगरेर बाझो छाड्नुभन्दा बिरामी गोरु प्रयोग गर्नु उनीहरूको बाध्यता हो ।’ उनका अनुसार लम्पी स्किनले थला परेपछि किसानहरू तराईबाट जोत्नका लागि गोरु पहाडतर्फ लगिरहेको उनले बताए ।

प्रकाशित : असार १५, २०८० ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?